गृहपृष्ठ लागु औषधसहित २ जना प्रहरी नियन्त्रणमा

लागु औषधसहित २ जना प्रहरी नियन्त्रणमा

प्रहरीले लागु औषधसहित २ जनालाई शनिबार विराटनगरबाट नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट लागु औषधसहित सुनसरीको धरान उपमहानगरपालिका–१५ का ३२ वर्षिय सनम तामाङ र ३२ वर्षकै अमित राईलाई लागु औषधसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएका उनिहरुको साथबाट प्रहरीले लागु औषध डाईजेल्याब ३० एम्पुल, नेरोजेसिक ३० एम्पुल र एभिल ३० एम्पुल बरामद गरेको छ । पक्राउ गरिएका उनिहरुविरुद्ध लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) निशान थापाले जानकारी दिए ।

प्रकाशित समय २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु