गृहपृष्ठ कार्यालय प्रमुखसहित चार जना पक्राउ

कार्यालय प्रमुखसहित चार जना पक्राउ

pakraau.newskarobar सांकेतिक तस्बिर

तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा यातायात व्यवस्था कार्यालय लाहानका निमित्त कार्यालय प्रमुखसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका निमित्त प्रमुख ज्ञानु दाहालसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार बिदाको दिन घुम्न आएका दाहालसहित कार्यालयका कर्मचारी विजय दाहाल, लेखराज कटुवाल र देवान मण्डललाई वसन्तपुर बजारको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए ।

उनीहरु चारै जनाले आपसमा झगडा गरेको र सार्वजनिक स्थानमा अपशब्द बोलेको प्रहरीले जनाएको छ । ती समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई वटा कुर्सीसमेत भाँचिदिएका छन् ।

पक्राऊ परेकालाई हिरासतमा राखिएको प्रहरी निरीक्षक दाहालले जानकारी दिए । उनका अनुसार आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित समय २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु