गृहपृष्ठ उदयपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या
उदयपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या
सांकेतिक तस्बिर
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका अपराधी फेला नपर्दै उदयपुरमा अर्काे घटना दोहोरिएको छ । रतुवामाई गाउँपालिका ३ की १३ वर्षीया बालिकाको कात्तिक २६ गते शव फेला परेको थियो ।
प्रहरीले उनको शव पोष्टमोर्टमका लागि जिल्ला अस्पताल पठाएको थियो । पोष्टमार्टम रिपोर्टमा ति बालिकाको बलात्कारपछि हत्या भएको देखिएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
घटनामा संलग्न भएको आशंकामा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिमध्ये दुई किशोरमाथि जिल्ला अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान भइरहेको उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए । बाँकीको संलग्नता नदेखिएपछि रिहा गरिएको छ ।
प्रकाशित समय १७:५० बजे

















