गृहपृष्ठ बेलुन नेपालले शनिबारबाट व्यवसायिक उडान गर्ने

बेलुन नेपालले शनिबारबाट व्यवसायिक उडान गर्ने

बेलुन नेपाल प्रा.लीले शनिबारबाट पोखरामा वयवसायिक उडान गर्ने भएको छ । पर्यटकीय नगरी पोखराको धम्पुस बाट उडान गरी मार्दी खोलाको तीरमा अवरण गर्ने गरी उडान सुरु हुन लागेको कम्पनीले जानकारी दिएको छ ।

नेपालको पर्यटन क्षेत्रलाई विकास गर्दै आर्थिक विकास र रोजगारी सृजना गर्ने मुख्य उद्देश्यका साथ प्रा.लि.ले यो उडान गर्न थालेको हो । शुक्रबार राजधानीमा पत्रकार सम्मेलान गरी प्रा.लि सबै किसिमका भौतिक पूर्वाधार तयार भइसकेकोले शनिबारबाट उडान गर्ने जानकारी दिएको हो ।

प्रा.लीले यसका लागि एक करोड पचास लाख लगानीमा स्पेनबाट बेलुन किनेर ल्याएको बताएको छ । एक पटकमा एक घण्टा सम्म आकासमा पर्यटकलाई गुमाउने बेलुनले आठ जनालाई एकै पटक घुमाउन सक्नेछ । नेपाली पर्यटकले एघार हजार र विदेशी पर्यटकले एक सय साठी डलर खर्च गर्नु पर्नेछ ।

बेलुन उडाउने यो एउटा खेल हो । यो खेल आकासमा उड्न पर्ने भएकोले जोखिम पूर्ण हुन्छ । प्रा.लिले सम्पूर्ण सुरुक्षा प्रबन्ध मिलाएको र अनुभवि पाइलटबाट उडानको व्यवस्था मिलाइएको बताएको छ ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु