गृहपृष्ठ कोभिड–१९ नियन्त्रणमा प्रदेश २ सरकारको ७ करोड खर्च

कोभिड–१९ नियन्त्रणमा प्रदेश २ सरकारको ७ करोड खर्च

अधिकांस बजेट सुरक्षा निकायलाई

Province 2-Govt office_NewsKarobar

नोबल कोरोना भाइरस महामारी (कोभिड–१९)को संक्रमण रोकथाम र प्रतिकार्यका लागि प्रदेश नं २ सरकारले हालसम्म ७ करोड रुपैयाँ खर्च गरेको छ । प्रदेश २ स्रोतका अनुसार आर्थिक मामिला मन्त्रालयबाट निकासित अधिकांस बजेट क्वारेन्टिन व्यवस्थापनका लागि सुरक्षा निकायलाई निकासा गरिएको हो ।

यद्यपि प्रदेश सरकारका एक अधिकारीले अन्य मन्त्रालयबाट निकासा भएका बजेट समेत जोड्दा समग्र खर्च २ अर्ब नाघेको हुनसक्ने बताए ।

न्युज कारोबारलाई प्राप्त विवरणअनुसार प्रदेशका ८ वटै जिल्लाका विपद व्यवस्थापन समितिहरूलाई प्रत्येकलाई ५० लाख, जिल्ला प्रहरी कार्यालयहरू प्रत्येकलाई ११–११ लाख रुपैयाँ बजेट निकासा गरिएको छ ।

त्यतिले नपुगेर कम्तिमा २०० बेडको आइसोलेसन/क्वारेन्टिन क्षमता विस्तार, भीटीएम खरिदलगायतका शीर्षकका लागि धनुषा, महोत्तरी, रौतटह सर्लाही र सिरहाका विपद् व्यवस्थापन समितिलाई थप २५–२५ लाख निकासा गरिएको प्रदेश २ सरकारले जनाएको छ ।

यसैगरि सप्तरी, सिरहा, महोत्तरी रौतहट र पर्साका कारागरहरूमा टेन्ट, स्यानिटाइजर, पञ्जा, मास्कसहितका स्वास्थ्य सामग्री खरिद गर्न प्रत्येकलाई २०–२० लाख रुपैयाँ रकमान्तर गरि निकासा गरिएको छ ।

कोरोना नियन्त्रणको बजेट हात पार्नेमा संघीय प्रहरी कार्यालय जनकपुर, प्रदेश तालिम केन्द्र, सशस्त्र प्रहरी गण २ नं प्रदेशदेखि आठै जिल्लाका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालय प्रदेश नं २ कार्यालयसमेत परेको छ । सबैले प्रदेश सरकारबाट कोभिड–१९ नियन्त्रणका लागि ११–११ लाख बजेट पाएका छन् ।

सशस्त्र प्रहरी बल छिन्नामस्ता बाहिनीले ड्रोन खरिदका लागि २६ लाख र साइकल खरिदका लागि ५ लाख बजेट निकासाका क्रममा रहेको अवस्थामा प्रदेशका दंगा नियन्त्रण प्रहरी गण, प्रदेश विपद व्यवस्थापन गुल्मका लागिसमेत भाग पुर्‍याएर बजेट निकासा गरिएको पाइएको छ ।

यो पनि पढ्नु होस्
प्रदेश नं २ मा कोभिड-१९ संक्रमण एक हजार

प्रकाशित समय १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु