गृहपृष्ठ नेदरल्यान्ड्सविरुद्ध नेपालकाे रोमाञ्चक जित

नेदरल्यान्ड्सविरुद्ध नेपालकाे रोमाञ्चक जित

सिरिज १–१ को बराबरीमा

एकदिवसीय क्रिकेटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा नेपालले एक रनकाे जित निकालेको छ । नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याएको डच टोली २१५ रनमा अलआउट हुँदै नतिजा नेपाललाई सुम्पिएको हो । नेपालको जितमा सन्दीप लामिछानेले तीन तथा ललित भण्डारी र कप्तान पारस खड्काले दुई- दुई विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्का र अलराउन्डर सोमपाल कामीको अर्धशतक प्रहारसँगै नेपालले ४८.५ ओभरमा २१६ रनको योगफल तयार पारेको थियो ।

६९ बलमा ५१ रन जोडेका पारस सिलारको बलमा क्याच आउट भए उनले २ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, रिप्पोनको बलमा पेभेलियन फर्कनुअघि आक्रामक सोमपालले ३ छक्का र पाँच चौकाको सहयोगमा ६१ रन बनाए । त्यस्तै, दिपेन्द्रसिंह ऐरी र सुवास खकुरेलले समान १९/१९ रन जोडे भने आरिफ शेखले १६ र उपकप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए ।

एकदिवसीय क्रिकेटको डेब्यु खेलमा बुधबार नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । डेब्यु खेलमा नेपालका लागि उपकप्तान मल्लले अर्धशतकीय पारी खेलेका थिए ।

प्रकाशित समय २२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु