गृहपृष्ठ कांग्रेसको प्रश्न : ठूला कुरा गर्ने सरकारले जनताको सुरक्षा गर्नुपर्दैन ?

कांग्रेसको प्रश्न : ठूला कुरा गर्ने सरकारले जनताको सुरक्षा गर्नुपर्दैन ?

congress-newskarobar

 

शान्ति सुरक्षालाई चुस्त बनाउन माग गर्दै नेपाली कांग्रेस मोरङले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । जिल्लामा शान्ति सुरक्षा कमजोर भएको भन्दै मोरङ कांग्रेसले प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ज्ञापन पत्र बुझाएको हो ।

पछिल्लो समय विराटनगरमा बम विस्फोट र हत्या हिंसाका घटना बढ्दै गएकाले शान्ति सुरक्षा कायम गरिनुपर्ने ज्ञापन पत्रमा माग गरिएको छ ।

कांग्रेसले विराटनगर महानगरपालिकाभित्र बम विस्फोट भएको दुई हप्ता बित्न लाग्दा पनि दोषीलाई पक्राउ गर्न नसकेकोमा आपत्तिसमेत जनाएको छ ।

मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति नदिलाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । मोरङको जाँतेस्थित श्रीमाविमा विषादी हाल्नेलाई अहिलेसम्म पक्राउ गर्न नसक्नुले प्रहरीप्रतिको जनताको विश्वास घट्दै गएको ज्ञापनपत्रमा उल्लेख छ ।

विराटनगर–४ का सुरक्षागार्ड टंक भट्टराईको हत्यारालाई तत्काल पक्राउ गर्नुपर्ने, रात्रीकालीन सुरक्षा गस्ती बढाउनुपर्नेलगायतका माग पनि राखिएको छ । ज्ञापनपत्रलाई बेवास्ता गरे सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले बताए ।

विराटनगरमा भएका पछिल्ला आपराधिक गतिविधिले आमजनतामा मनोवैज्ञानिक त्रास उत्पन्न भएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ केसीले जनताको जिउधनको सुरक्षा गर्न प्रहरी प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

प्रकाशित समय १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु