गृहपृष्ठ ‘नेपाल–भारत मैत्री बस’लाई लालबाबुको हरियो झण्डा

‘नेपाल–भारत मैत्री बस’लाई लालबाबुको हरियो झण्डा

patna-bus-sewa-newskarobar नेपाल- भारत मैत्री बसकाे अाइतबार उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउत । तस्बिर : न्युज काराेबार ।

 

आइतबारदेखि जनकपुर–पटना बस सेवा सुरु भएको छ । प्रदेश २ को अस्थायी राजधानी र बिहारको राजधानी पट्ना जोड्ने ‘नेपाल–भारत मैत्री बस सेवा’को २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आइतबार हरियो झण्डा देखाएर उद्घाटन गरे ।

जनकपुरदेखि पटना सम्मको बस सेवा नियमित सञ्चालनमा आउने गरी आइतबार मुख्यमन्त्री राउतले उद्घाटन गरेका हुने । जनकपुरबाट जलेश्वर हुँदै भिठ्ठामोड, सीतामढी, मुजफ्फपुर हुँदै पटना पुग्ने रूट निर्धारण गरिएको छ । जनकपुरबाट बिहान १० बजे तथा राति ८ बजे बस छुट्ने तथा पटनाबाट जनकपुरका लागि अपरान्ह ३ बजे, बिहान ४ बजे तथा राति ९ बजे बस छुट्ने समय तालिका निर्धारण गरिएको नेपाल–भारत मैत्री बस सेवा मञ्जुश्री प्रा.लि.ले जनाएको छ ।

सञ्चालनमा आएको बस सेवाको भाडादरसमेत निर्धारण गरिएको छ । अजस अनुसार जनकपुरबाट पटना जान प्रति यात्रु भारतीय रुपैया २७५ निर्धारण गरिएको छ । बस सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले नेपाल–भारत मैत्री बस सेवाले नेपाल र भारतबीचको सम्बन्ध अझै प्रगाढ भएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा सार्क सम्मेलनमा सहभागी हुन काठमाडौं आएका बेला जनकपुर–पटना र काठमाण्डौं–बोधगया बस सेवा सञ्चालन गर्ने घोषणा गरेका थिए । मोदीले घोषणा गरेको ४ वर्षपछि बस सेवा शुरू भएको हो । बस सेवा सञ्चालन भएलगत्तै २ दिनसम्मको लागि टिकट अग्रिम बुकिङ भइसकेको स्रोतले जनाएको छ ।

प्रकाशित समय १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु