गृहपृष्ठ शिक्षामा गुणात्मक परिवर्तन हुन्छ : प्रधानमन्त्री
शिक्षामा गुणात्मक परिवर्तन हुन्छ : प्रधानमन्त्री
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं सभाको आइतबार बालुवाटारमा उद्घाटनका क्रममा प्रधानमन्त्री केपी ओलीले भने, ‘एक वर्षभित्र शिक्षामा संख्यात्मक मात्र नभई गुणात्मक परिवर्तन हुन्छ ।’ सरकारले कसैको मुख नहेरी कामको परिणाम हेर्ने पनि उनले बताए ।
सुदूरपश्चिम विकासमा पछि पर्याे भनेर सधैं गीत मात्र गाएर विकास नहुने उल्लेख गरेका प्रधानमन्त्रीले सुन्दर र समृद्ध सुदूरपश्चिम बनाउन सबै लाग्नुपर्ने बताए । सुदूरपश्चिम प्रकृतिक स्रोतले सम्पन्न र भरपुर सम्भवना रहेकाले विकासका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयल गर्नुपर्नेमा उनले जोड दिए ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरु सम्बन्धी छानबिनका लागि दुईवटा समिति गठन गरेका छन् । विश्वविद्यालयमा समायोजन भएका आंगिक क्याम्पसहरुको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक विषयमा उठेका गुनासाहरुका विषयमा छानबिन गर्न अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा समिति गठन गरिएको छ ।
१५ दिनभित्र दुबै समितिले आफ्नो प्रतिवेदन बुझाउनु पर्ने ओलीको निर्देशन छ । समितिको प्रतिवेदन अध्ययन गरेर विश्वविद्यालयसभाको बैठक पुनः आयोजना गर्ने गरी स्थगित गरिएको छ ।
प्रकाशित समय १६:०२ बजे