गृहपृष्ठ सिराहाका नापी सर्वेक्षक घुससहित पक्राउ
सिराहाका नापी सर्वेक्षक घुससहित पक्राउ
नापी कार्यालय लाहनका सर्वेक्षक देवनारायण चौधरी दुर्इ लाख घुससहित पक्राउ परेका छन् । उनलार्इ अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेके अवस्थामा उनलार्इ नियन्त्रणमा लिइएको जानकारी दिएको छ । एक सेवाग्राहीको स्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्नेमा कर्मचारीको लापरवाहीले १ कठ्ठा ३ धुर लेखिएकोमा उक्त स्रेस्ता सच्याउन उनले पाँच लाख घुस मागेको आरोप लगाइएको छ ।
प्रकाशित समय १४:५० बजे

















