गृहपृष्ठ श्रीमतीको हत्या गरी भागेका श्रीमान पाँच वर्षपछि पक्राउ

श्रीमतीको हत्या गरी भागेका श्रीमान पाँच वर्षपछि पक्राउ

pakrau-arrest-newskarobar

श्रीमतीको हत्या गरी फरार भएको श्रीमानलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी टोलीले जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार पक्राउ परेका साहले २०७० भदौ १८ गते श्रीमती सञ्जुदेवी साहको हत्या गरी महोत्तरीको हरिणमरी र धनुषाको सिनुरजोरा गाउँको बीचबाट बग्ने बिग्ही नदीमा माटोमुनि गाडेका थिए ।

घटनापछि फरार भएका साहले भारतको उमगाँव शहरमा १३ महीना र कतारमा ३० महीना लुकेर काम गरेका थिए । जनकपुरधाममा अटो रिक्सा चलाइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित समय २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु