गृहपृष्ठ कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोपमा दुई पक्राउ

कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोपमा दुई पक्राउ

pakrau-arrest-newskarobar

कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोपमा धनुषा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । सवैला नगरपालिका–१०, खरिहानीका ३९ वर्षीय सतीश कापर र ६६ वर्षीय चन्दर कापर पक्राउ परेको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक अबधलाल यादवले जानकारी दिए ।

कांग्रेसले सोमबार जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फर्किएका सबैला नगरपालिका–१०, खरिहानीका उमेश कापरमाथि खुकुरी प्रहार भएको थियो । जुलुसमा सहभागी भई घर फर्किएका कापरमाथि ८–१० जनाको समूहमा आएका सोही स्थानका शिवकुमार कापर, विजय पञ्जियार,  चन्दन पञ्जियारसहितका व्यक्तिले खुकुरी प्रहार गरेको कापरका परिवारजनले लिखित उजुरी दिएका थिए । कापर कांग्रेसका कार्यकर्ता हुन् भने खुकुरी प्रहार गर्नेहरु तत्कालीन माओवादीका कार्यकर्ता भएको बुझिएको छ ।

प्रकाशित समय १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु