गृहपृष्ठ नेकपा धनुषाले पनि मनायो जनयुद्ध दिवस

नेकपा धनुषाले पनि मनायो जनयुद्ध दिवस

nekapa_dhanusha

नेपाल कम्युनिस्ट पार्टी कार्यदल धनुषाले २४ औं जनयुद्ध दिवस मनाएको छ । जनयुद्ध दिवसको अवसरमा नेकपाको पार्टी कार्यालयमा जनयुद्ध तथा जनआन्दोलनका सहिदहरुको भूमिकाबारे अन्तरक्रिया तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा नेकपा धनुषाका कार्यदल सदस्य श्रवण यादव बरबरियाको अध्यक्षता तथा राष्ट्रियसभा सदस्य तथा नेकपाका प्रदेश सचिव सुमन प्याकुरेलको प्रमुख आतिथ्यमा अन्तरक्रियामा सम्पन्न भएको थियो । कार्यक्रममा प्याकुरेलले सहिदहरुको सपना साकार गर्नकै लागि पार्टीगत स्वार्थ त्याग गरि दुई पार्टी एक भएर नेकपा भएको स्मरण गरे ।

उनले देशमा परिवर्तनका लागि ठूल ठूला आन्दोलनको क्रममा सहिद भएकाहरुको योगदान र बलले गर्दा नै आएको स्थितीमा नेकपा पार्टी दुई तिहाइको बहुमतका साथ सरकारमा रहेको उल्लेख गरे ।

नेकपाका केन्द्रीय सदस्य श्रवण यादव बरबरियाले जनताको दुःख, कष्ट सहन नसकेर सर्वहारा वर्ग, उत्पिडित, निमुखा जनताको हकअधिकारका लागि तत्कालिन नेकपा माओवादीले २०५२ साल फाल्गुन १ गते आन्दोलनको घोषणा गरेको उल्लेख गर्दै फाल्गुन २ गते रोल्पाबाट राज्यविरुद्ध आन्दोलन चर्काएका बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश-२ का प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले देशमा आमूल परिर्वतन गर्न आफूहरु ज्यानको बाजी थाप्दै जनयुद्धमा होमिएको बताए ।

प्रकाशित समय १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु