गृहपृष्ठ टोखा केवमा पर्यटकको भीड (फोटोफिचर)
टोखा केवमा पर्यटकको भीड (फोटोफिचर)
स्वमिङदेखि नेवारी संस्कतिसम्म आकर्षण

काठमाडौंको उत्तरी भेगमा रहेको टोखा केब प्रालिमा दिनानुदिन आन्तरिक तथा बाह्य पर्यटकको सख्या बढ्दै जान थालेको छ । टोखा नगरपालिका–६ भूतखेलमा तीन वर्षदेखि सञ्चालनमा आएको सुविधा सम्पन्न फन पार्कमा मौलिक सांस्कतिक कार्यक्रमको प्रभावले पर्यटकको आगमन बढ्न थालेको हो ।
सांस्कृतिक पहिचान झल्कले सामाग्री तथा नेवारी सांस्कृति झल्कले नृत्य केबको मुख्य आकर्षण हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी स्थानीय सम्पदास्थल एवम् सांस्कृतिक गतिविधिलाई समेत प्रचार–प्रसार गर्ने लक्ष्य राखिएले पर्यटक बढेका केबका कार्यकारी निर्देशक मनिराज डङ्गोलले जानकारी दिए ।
केबमा फास्ट फुड रेस्टुरेन्ट, नेपाली र नेवारी गार्डेन रेस्टुरेन्ट र मल्टिमिडिया सर्भिससमेत प्राप्त गर्न सकिन्छ । टोखाका स्थानीय संस्कृति तथा ऐतिहासिक मठमन्दिर, देवीदेवताका मूर्तिका बारेमा स्थलबाट प्रशस्त सूचना प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । मौलिक गीत, सङ्गीतका साथै सांस्कृतिक कार्यक्रमको समेत प्रवद्र्धन गर्न विभिन्न गतिविधि गरिने कार्यकारी निर्देशक डङ्गोलले बताए ।
स्विमिङमा आकर्षण
६ रोपनीको क्षेत्रफलमा तीन करोड रुपैयाँको लागतमा निर्माण गरिएको फन पार्कको अर्काे मुख्य आषर्कण ‘टोखा केब वाटर फन पार्क’ हो । अहिले गर्मीको समय भएकाले पौडि खेल्नेको त्यहा विषेश भीड हुने गर्छ । बेबी पुल, स्विमिङ पुल, स्लाइडिङ पुल रहेकाले सबै उमेर समुहका व्यक्तिहरुका लागि केब उपयुक्त गन्तव्य भएको डंगोलले जानकारी दिए ।
चिल्ड्रेन पार्कमा समेत धेरै अभिाभावकले केटाकेटी लिएर आउने गरेका टोखा केब प्रालिले जनाएको छ । पार्क तथा त्यस आसपास क्षेत्रमा फ्री वाइफाइ, तथा घोडा चढ्ने समेतको व्यवस्था भएकोले एकपटक पुगेकाहरु पुनः आउने गरेको डंगोलले बताए । कन्भेन्सन हल, स्टेज मिटिङ हल, सभा, समारोह गर्न सकिने सुविधा भएकाले विभिन्न कार्यक्रम समेत केबमा हुदै आएका छन् ।
प्रकाशित समय १६:०३ बजे