गृहपृष्ठ महशुल नतिरेपछि धनकुटा नगरपालिका कालो सूचीमा

महशुल नतिरेपछि धनकुटा नगरपालिका कालो सूचीमा

धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि विद्युत लाइन काट्न थालिएको छ । धनकुटाका विभिन्न क्षेत्रमा बक्यौता रहेको एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताए ।

विद्युत् महशुल नबुझाएको भन्दै जिल्लामा कूल ४ सय ७ ग्राहकको लाइन काटिएछ । धनकुटा नगरपालिकासहित शाखाको कालोसूचीमा रहेका ७७ ग्राहकबाट छ लाख ३८ हजार रकम उठ्न बाँकी छ । असार मसान्तसम्ममा शुल्क नबुझाएमा लाइन काटिने शाहले जानकारी दिए । नगरपालिकाले महशुलबापतको २५ लाखभन्दा बढी रकम तिर्न बाँकी छ ।

विद्युत महसुल बुझाउन ताकेता गर्दासमेत नबुझाउने सरकारी कार्यालय, विभिन्न संघसंस्था र व्यक्तिको लाइन काट्न शुरु गरेपछि ग्राहकले महसुल बुझाउन थालेको प्राधिकरणले जनाएको छ । विगत पाँच वर्षदेखि महशुल नतिरेका जिल्ला हुलाक कार्यालय, महिला तथा बालबालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय राजारानीले बक्यौता रकम जरिवानासहित बुझाएका छन् ।
(रासस)

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु