गृहपृष्ठ पोखरामा ८ अर्बको लागतमा १८ तले अपार्टमेन्ट बन्ने

पोखरामा ८ अर्बको लागतमा १८ तले अपार्टमेन्ट बन्ने

 

पोखरा क्षेत्रमा हालसम्म अधिकतम १०/१२ तले भवनहरु निमार्ण भए पनि अब करिब १८ तलासम्मको अपार्टमेन्ट निमार्ण गर्ने तयारी छ । पोखराका युवा व्यवसायी बिमल बसेलको नेतृत्वमा पोखरामा निजी क्षेत्रको सम्भवतः ठूलो लगानीमा उक्त प्रोजेक्ट संचालन गर्ने तयारी भएको सोमबार साँझ पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

पोखरामा घर जग्गा अभाव भईरहेको अबस्थामा ४ सय ६४ अपार्टमेन्ट दुई वटा भवनमा निमार्ण हुने गरी उक्त योजनालाई अघि सारेको संचालक बसेलले बताए । लिभ दि ड्रिम लाईफ उद्घोषका साथ बि एण्ड बि हाउजिङ प्रालिले आगामी तीन बर्षमा पोखरा महानगरपालिका १८ स्थित सेदीबगरमा ‘बि एण्ड बि लेक भ्यू रिसोर्ट अपार्टमेन्ट’ निमार्ण गर्ने भएको प्रा.लि.का प्रवन्ध निर्देशक समेत रहेका युवा व्यवसायी बसेलले बताए ।

पोखरामा घर जग्गा अभाव भएको अबस्थामा धेरै मानिसहरुको लागि सेवा दिने उद्धेश्यले ३६ रोपनी क्षेत्रफलमा उक्त अपार्टमेन्टको योजना अघि सारेको उनको भनाइ छ । १८ तलाको अपार्टमेन्ट निर्माणका लागि करिब ८ अर्ब रूपैयाँ लगानी हुने भएको उनले बताए । ३ तलाको पार्किङ सहित १८ तलाको अपार्टमेन्ट निर्माण हुने भएको छ भने तीन वर्षमा उक्त योजना सफल हुने निर्देशक बसेलले बताए ।

प्रकाशित समय २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु