गृहपृष्ठ मनाङ घुम्न गएका पर्यटकको लेक लागेर मृत्यु

मनाङ घुम्न गएका पर्यटकको लेक लागेर मृत्यु

death-newskarobar सांकेतिक तस्बिर

मनाङको तिलीचो ताल घुम्न गएका पोखरा ३३ का ३५ बर्षीय सरोज अधिकारीको बुधबार लेक लागेर मृत्यु भएको छ । तिलीचो तालमा पुगेर फर्कने क्रममा श्रीखर्कमा पुगेपछि अधिकारीलाई लेक लागेको जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी खड्गबहादुर खत्रीले न्युजकारोबारलाई जानकारी दिए । पोखराबाट कार्तिक ४ गते बिहान सात जना साथीसँगै अधिकारी मनाङको यात्रामा निस्किएका थिए ।
तिलिचोमा लेक लागेपछि अधिकारीलाई उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु