गृहपृष्ठ ड्याट्सन गो कारको को बुटवलमा विक्रि शुभारम्भ

ड्याट्सन गो कारको को बुटवलमा विक्रि शुभारम्भ

ड्याट्सन–गो गाडीको आधारिक विक्रेता भैरव अटो सेन्टरले नयाँ ड्याट्सन–गो गाडीको विक्री प्रारम्भ गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी विभिन्न मोडलका ३ वटा गााडी ड्याट्सन गो ए(ओ), गो टि र गो (टि) ओ) मोडलका गाडी विक्री शुभारम्भ गरेको हो ।
ती तीन मोडलका गाडीको समाजसेवी महेश्वर शाक्य, मायाँ शाक्य र ड्याट्सन–गो गाडीको नेपालको लागि आधिकारीक विक्रेता पायोनियर मोटोकर्पका डिलर ईन्चार्ज आशिष दाहालले औपचारिक विक्रि शुभारम्भ गरे ।
भैरव अटो सेन्टर बुटवलको शोरुम ईन्चार्ज प्रतिमा श्रेष्ठका अनुसार २४ लाख ९९ हजार रुपैयाँबाट गाडीको मुल्य सुरु हुने छ । नयाँ ड्याट्सनमा २८ विभिन्न विशेषता रहेको उनले जानकारी दिईन् ।

प्रकाशित समय १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु