गृहपृष्ठ प्रदेश ५ ले ल्यायो मितव्ययी बनाउने निर्देशिका

प्रदेश ५ ले ल्यायो मितव्ययी बनाउने निर्देशिका

chief-minister-office-pradesh-5

 

पाँच नम्बर प्रदेश सरकारले मितव्ययी बनाउन निर्देशिका तयार गरेको छ । प्रदेश सरकारले सार्वजनिक कार्यक्रम, भ्रमण र अतिथी सत्कारमा हुने खर्च नियन्त्रण गरी मितव्ययी बनाउन निर्देशिका तयार गरेको हो । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्ले सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययीता सम्बन्धी निदेशिका पारित गरेको हो ।

अनावश्यक खर्च रोक्न निर्देशिका बनाईएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । यसले प्रदेश र स्थानीय सरकार मातहतका निकायहरुले गर्ने गोष्ठी, सेमिनार, भ्रमण र अतिथी सत्कारका नाममा भइरहेको खर्च नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारले अन्तक्र्रिया गोष्ठीमा प्रस्तुत गरिने कार्यपत्रसम्बन्धी मापदण्ड पनि बनाइएको छ । प्रदेशस्तरको कार्यपत्र वापत २ हजार र जिल्लास्तरको कार्यपत्र वापत १५ सय रुपैयाँ पारिश्रमिक दिन सकिने निर्देशिकामा उल्लेख छ । भ्रमण भत्ताका हकमा एक दिनमा भ्रमण सकेर फर्किने कार्यक्रमवापत भत्ता लिन या दिन पाईने छैन । विशिष्ट पाहुनाहरु आउँदा अतिथी सत्कारका नाममा हुने फजुल र जथाभावी खर्चलाई पनि कटौती गर्न निर्देशिकामा मापदण्ड बनाइएको छ ।

मन्त्रिपरिषद वैठकले प्रदेश योजना आयोगको सदस्यमा गुल्मीका डा. विष्णुप्रसाद गौतमलाई नियुक्त गरेको छ । गौतमले क्यानाडाको टोरन्टो विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । त्यसैगरी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठकले पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा तोकेको छ ।

प्रकाशित समय २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु