गृहपृष्ठ सुर्खेतमा मुलुकी देवानी तथा फौजदारी संहितामाथि छलफल

सुर्खेतमा मुलुकी देवानी तथा फौजदारी संहितामाथि छलफल

सबैले न्याय पाउछन् : न्यायाधीश भट्टराई

bhattrai-newskarobar तस्बिर : सीता वली/न्युज काराेबार

सर्वाेच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले पीडक र पीडित दुबैले न्याय पाउने बताएका छन् । कार्णली प्रदेशको राजधानी सुर्खेतमा बिहिबार न्यायाधीश भट्टराईले न्याय नपाएकाहरुले अब न्याय पाउने बताएका हुन् ।

मुलुकी देवानी तथा फौजदारी संहिता कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रमको उद्घाटन गर्दै न्यायाधीश भट्टराईले भने, ‘पीडक होस् या पीडित सबैले न्याय पाउछन् ।’ उनले पहिलो पटक गल्ती गर्नेलाई सुध्रने मौका पनि भएको उल्लेख गर्दै पीडितले न्याय पाउन कानुनी संरचना चुस्त दुरुस्त हुनुपर्ने बताए । ‘अब अदातले पीडकका मुरा पनि सुन्ने व्यवस्था भएपछि पहिलो पटक गल्ती गर्नेलाई सुध्रने मौका पनि छ,’ भट्टराईले भने, ‘जबसम्म काुनी संरचना चुस्त दुरुस्त हुँदैन तबसम्म पीडितले न्याय पाउँदैन ।’

उच्च अदालत सुर्खेतको आयोजना तथा सर्वाेच्च अदालतको समन्वयमा आयोजित कार्यक्रममा उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश हरिकुमार पोख्रेलले आजसम्मको कानुनले पीडकलाई सजाय दिए पनि पीडितलाई न्याय नदिएको टिप्पणी गरे । त्यस्तै जिल्ला अदालत जुम्लाका न्यायाधीश तेजबहादुर कार्कीले सजायलाई न्यायपूर्ण बनाउने कुरामा देवानी कानुन प्रभावकारी हुने उल्लेख गरे ।

कार्यक्रममा उच्च अदालत सुर्खेत मातहतका सबै जिल्ला अदालतका श्रेस्तेदार तथा जिल्ला बारएसोसिएसनका अध्यक्षहरुको सहभागीता थियो ।

प्रकाशित समय १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु