गृहपृष्ठ जुवाडेबाट करिब डेढलाख बरामद
जुवाडेबाट करिब डेढलाख बरामद
सांकेतिक तस्बिर
पछिल्लो समय सुर्खेतमा जुवातास खेल्ने हरुको संख्या बढ्दै गएको पाइएको छ । चाडपर्व नजिकिएसँगै जिल्लामा जुवातास मौलाएको पाइएको हो ।
बुधबार मात्रै जुवातास खेल्ने १३ जना पक्राउ गरेको प्रहरीले बिहीबार चार जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–६ बुद्धपथबाट एक लाख नगदसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
लेकवेशी नगरपालिका स्थायी ठेगाना भई वीरेन्द्रनगर–६ बस्दै आएका यम ढकाल, वीरेन्द्रनगर–११ चनौटेका गगन विष्ट, वीरेन्द्रनगर–११ पिपिरा बस्ने गणेश पौडेल र वीरेन्द्रनगर–४ बस्ने विशाल हमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जुवाखालबाट १ लाख ४२ हजार ६ सय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले बताए । नियन्त्रणमा परेका चार जना माथि आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रकाशित समय १८:२१ बजे

















