गृहपृष्ठ उपचारका लागि प्रदेश १ का मुख्यमन्त्री थाइल्यान्ड प्रस्थान
उपचारका लागि प्रदेश १ का मुख्यमन्त्री थाइल्यान्ड प्रस्थान
निजी खर्चमा उपचार गर्ने
फाइल तस्बिर
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि शुक्रबार अपराह्न थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी नेपाल वायु सेवा निगमको जहाजबाट उपचारका लागि अपराहन्न २ बजे थाइल्याण्ड प्रस्थान गरेका हुन् ।
२ वर्षदेखि घाँटिको समस्याबाट पीडित मुख्य मन्त्री राईले स्वदेशका वीर अस्पताल त्रिवि शिक्षण अस्पताल, ग्राण्डी र नेपाल मेडासिटी अस्पताहरुमा स्वास्थ्य परीक्षण गराएपनी रोग पत्ता लाग्न नसकेपछी थाइल्याण्ड गएका हुन् । उनले निजी खर्चमा उपचार गर्ने जनाइएको छ ।
उनको उपचार थाइल्याण्डको राजधानी बैंककस्थित बुम्रुनग्राड इन्टरनेसनल अस्पतालमा हुनेछ । त्यहाँ उपचार पश्चात मुख्यमन्त्री राई आगामी कात्तिक २४ गते स्वदेश फर्कने क्रार्यक्रम रहेको उनको निजि सचिवालयले जनाएको छ ।
प्रकाशित समय १८:२८ बजे

















