गृहपृष्ठ डोल्पा जीप दुर्घटनाका मृतकको सनाखत

डोल्पा जीप दुर्घटनाका मृतकको सनाखत

accident-newskarobar

डोल्पाको ठूलीभेरी नगरपालिका–९ बतासेमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सोमबार जीप दुर्घटनामा परि २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मृत्यु हुनेमा त्रीपुरासुन्दरी नगरपालिका–१ का ४५ वर्षिय हेमराज हमाल, त्रीपुरा सुन्दरी –५ का १८ वर्षिय लक्ष्मी रोकाय, त्रीपुरा सुन्दरी–१ का ६५ वर्षिय नरसिंह कठायत, त्रीपुरा सुन्दरी–२ का अस्मिता रोकायको मृत्यु भएको छ ।

यस्तै, त्रीपुरासुन्दरी–१ का २५ वर्षिय शेरबहादुर थापा, त्रीपुरासुन्दरी–३ का ४५ वर्षिय बोधराज धराला, भद्र रोकाय, त्रीपुरा सुन्दरी–२ का २४ वर्षिय कुमार राकोय, त्रीपुरासुन्दरी–५ का याम रोकाय, त्रीपुरा सुन्दरी–३ का १७ वर्षिय मनिशा धरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक इन्द्रबहादुर साउँदले बताए ।

डोल्पाको दुनैबाट सुपानी जाँदै गरेको भे १ ज १६१० नम्बर जीप दुर्घटनामा परेको हो । दुर्घटनामा त्रीपुरासुन्दरी नगरपालिका–२ का वडाअध्यक्ष नन्दबहादुर थापा र जीपका चालक त्रीपुरासुन्दरी नगरपालिका–३ का दिनेश बोहरा घाइते छन् । ‘साँघुरो सडकका कारण जीप दुर्घटना भएको हो,’ उनले भने, ‘उकालोबाट ओरालो जाँदा जीप दुर्घटनामा परेको छ ।’ घाइतेहरुको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता साउँदले जानकारी दिए ।

प्रकाशित समय १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु