गृहपृष्ठ भ्रष्टाचार न्यूनीकरणका लागि अख्तियार सक्रिय हुनपर्छ : प्रदेश प्रमुख खनाल
भ्रष्टाचार न्यूनीकरणका लागि अख्तियार सक्रिय हुनपर्छ : प्रदेश प्रमुख खनाल
कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले भ्रष्टाचार न्यूनीकरणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सक्रियता आवश्यक रहेको बताउका छन् । सोमबार २८ औं स्थापना दिवसको अवसरमा सुर्खेतस्थित अख्तियारको कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रमुख खनालले यस्तो बताएका हुन् ।
खनालले नेपालमा सुशासनको अवस्था झनै खस्किएको प्रति चिन्ता व्यक्त गरे । उनले भने ‘भ्रष्ट्राचार न्यूनिकरणका लागि आयोग सक्रिय हुनुपर्छ । यसलाई न्यूनिकरण गर्न कर्णाली सरकार प्रतिवद्ध छ ।’
उनले थपे ‘मुलुकमा राजनीतिक परिवर्तन र संघियता कार्यान्वयनसँगै विभिन्न तहमा नेतृत्व गर्ने राजनीतिक नेतृत्व र कार्यरत राष्ट्रसेवक कर्मचारीको अबको दायित्व भ्रष्टाचार न्युनिकरण भएको उल्लेख गरे । यसमा सबै गम्भीर हुनुपर्दछ ।’ भ्रष्टाचारको अन्त्य नभएसम्म मुलुक सम्बृद्ध नहुने खनालको भनाइ थियो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीले आयोग मात्र नभई भ्रष्ट्रचार न्युनिकरणका लागि सबै सरोकारवाला पक्षको साथ जरुरी रहेको बताए ।
प्रकाशित समय १९:४४ बजे

















