गृहपृष्ठ बिहिबारदेखि बेपत्ता कैलालीकी सुनकला मृत फेला
बिहिबारदेखि बेपत्ता कैलालीकी सुनकला मृत फेला
बैतडीको पुर्चौडीमा खोलाले वगाएर एक किशोरीको मृत्यु

बिहीबारदेखि बेपत्ता भएकी कैलालीस्थित लम्कीचुहा नगरपालीका वडा नम्बर १ की ७५ वर्षिय सुनकला बडुवाल शुक्रबार मृत अवश्थामा फेला परेकी छन ।
बिहीबार साँझ घरमा सामान्य विवाद पछी मर्छु भनी निस्केकी बडुवाल कर्णाली नदीको किनारमा मृत अवश्थामा फेला परेकी हुन् । उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र खत्रीले जानकारी दिए ।
खोलाले वगाएर एक किशोरीको मृत्यु
यसैबीच बैतडीको पुर्चौडी नगरपालिका–७ मा खोलाले वगाएर एक किशोरीको मृत्यु भएको छ । सुरेन्द्र बिष्टकी १३ वर्षिया छोरी रिनाको खोला तर्ने क्रममा बगेर मृत्यु भएको छ ।
कोटिलीगाड खोलाले बगाएर रीनाको मृत्यु भएको स्थानीय कृष्णप्रसाद बडुले बताए । विद्यालयबाट घर फर्कदा बिहीबार करिब ४ बजे कोटेलीगाड नदी र ऐराडी खोलाको दोभानमा तर्ने क्रममा बगेर उनको मृत्यु भएको हो ।
गलीनाथ मावि, बडगाउँमा कक्षा ९ मा अध्ययनरत रिनाको करिब पाँच सय मिटर तल शव फेला परेको थियो । नदीको दोभानमा पुल नहुँदा बालबालिकाहरु जोखिम मोलेर तर्न बाध्य भएका छन् ।
प्रकाशित समय १४:५० बजे

















