गृहपृष्ठ कञ्चनपुर अान्दाेलन : प्रहरीकाे गाेली लागी एक जनाको मृत्यु

कञ्चनपुर अान्दाेलन : प्रहरीकाे गाेली लागी एक जनाको मृत्यु

 

 

बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमा प्रहरीले गाेली चलाउँदा एक जनाकाे मृत्यु भएकाे छ ।

अान्दाेलनका क्रममा शुक्रबार प्रहरीकाे गाेली लागी एक जनाले ज्यान गुमाएका छन् भने थप ३ जना गम्भीर घाइते भएका छन् । प्रहरीकाे गाेली लागी १२ वर्षीय चेतन भट्टकाे मृत्यु भएकाे छ ।

विहान शान्त भए पनि दिउँसाे हुँदै गएपछि अान्दाेलन पुनः सुरू भएकाे थियाे । साँझसम्म अान्दाेलनका कारण कञ्चनपुरमा तनाव सिर्जना भएकाे थियाे ।

अान्दाेलनमा प्रहरीले दमन गरेकाे भन्दै अान्दाेलनकारी अाक्राेसित भएका थिए । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालय अाउन खाेजेपछि प्रहरीले बल प्रयाेग गरेकाे थियाे । त्यसलगत्तै अान्दाेलनकारी र प्रहरीबीच झडप सुरू भएकाे थियाे ।

दिउँसो ३ बजेतिरबाट प्रदर्शनकारीले आन्दोलन शुरू गरेका र अहिले भीड बढ्दै गइरहेको छ ।

सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो ।

प्रकाशित समय १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु