गृहपृष्ठ तत्कालिन माओवादी केन्द्रका केन्द्रीय सदस्य ढकालले नेकपा छाडे
तत्कालिन माओवादी केन्द्रका केन्द्रीय सदस्य ढकालले नेकपा छाडे
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व मओवादी केन्द्रका केन्द्रीय सदस्य रंगनाथ ढकालले नेकपा परित्याग गरेको घोषणा गरेका छन् । ढकालले आइतबार लम्कीमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषण गरेका हुन् ।
आफ्नो जीवनको महत्वपूर्ण समय कम्युनिस्ट आन्दोलनका साथै तत्कालिन माओवादीले सुरु गरेको १० बर्षिय जनयुद्धकालमा विताएको स्मरण गर्दै उनले नेपाल कम्युनिस्ट पार्टीमा नरहेको बताएका हुन् । आफू साधारण सदस्यसमेत नरहने गरी पार्टि परित्याग गरेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।
माओवादी एमालेमा समाहित हुन नै कम्युनिस्टको नाममा दलालीकरण, भ्रष्टीकरणमा फसी कम्युनिस्ट चरित्रबाट च्युत भएको उनको आरोप छ । आफूसँग पटक–पटक पार्टिले गरेका सहमति कार्यन्वयन नगरी बेइमानी गरेका कारण पार्टि छोडेका उनको भनाई थियो ।
प्रकाशित समय १८:५२ बजे

















