गृहपृष्ठ कैलालीमा १४ वर्षीया बालिका बलात्कृत
कैलालीमा १४ वर्षीया बालिका बलात्कृत
सांकेतिक तस्बिर ।
कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बछुरियास्थित अाफ्ना हजुरबुबासँग बस्दै अाएकी ती बालिका भदौ १३ गते राति करिब १० बजे बलात्कृत भएकी हुन् । तर, बालिकाका आफन्तले भदौ १५ गते अर्थात शुक्रवारमात्रै प्रहरीमा उजुरी दिएका छन् । उजुरीमा गाउँकै ३३ वर्षीय हर्क कुँवरले घरमा कोही नभएको मौकाछोपी बालिकामाथी बलात्कार गरेको उल्लेख छ ।
बलात्कार गरि फरार भएका भनिएका कुँवरको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख यक्षराज जोशीले जानकारी दिए । पीडित बालिकाको अहिले टिकापुर अस्पतालमा उपचार भइरहेको छ । बलात्कृृत बालिकाको आमाबुवा अछाममा बस्दै आए पनि बालिका भने घोडाघोडी नगरपालिका वडा नं ६ बछुरियामा बाजेसँग बस्दै आएकी छन् । बाजे पनि घरमा नभएको बेला बालिका बलात्कृत भएको बुझिएको प्रहरीले जनाएको छ । ती बालिका गाउँको नजिकैको स्कुलमा कक्षा ७ मा अध्यनरत छिन् ।
प्रदेश नम्बर ७ अन्तर्गतकै कञ्चनपुर जिल्लामा निर्मला हत्या प्रकरण नसेलाउँदै एकपछि अर्को गर्दै बलात्कारका घटना भइरहेको छ । कैलालीमा पनि बालिकामाथि बलात्कृत भएपछि यहाँका सर्वसाधारण निकै त्रसिद बनेका छन् ।
प्रकाशित समय १३:४६ बजे

















