गृहपृष्ठ निर्मला हत्या प्रकरणमा सरकारलाई कांग्रेसको चेतावनी
निर्मला हत्या प्रकरणमा सरकारलाई कांग्रेसको चेतावनी
ढाकछोपको प्रयास भए पुनः आन्दोलन उठ्छ
कञ्चनपुरकी बालिका निर्मला पन्तको अपहरणपछि हत्या भएको घटनाका सम्बन्धमा संसदमा बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बढूले प्रहरीको छानविन ढिलो र फितलो भएको बताएका छन् । सोमबार संसदमा बढूले घटनाका सम्बन्धमा जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएका कारण पनि आन्दोलन चर्केको बताए ।
प्रारम्भदेखि नै प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधि गम्भीर नबनेको आरोप लगाएका बढूले उच्च पहु“चकै भए पनि दोषीले उन्मुक्ति पाउनु नहुने बताए । वास्तविक दोषी पत्ता नलगाई घटनाको ढाकछोप गर्न खोजीए पुनः आन्दोलन उठ्ने उनको चेतावनी थियो ।
प्रकाशित समय १६:२३ बजे