गृहपृष्ठ अत्यधिक सेल्फीले मानसिक रोगी

अत्यधिक सेल्फीले मानसिक रोगी

बढी सेल्फी लिने मानिस मानसिक रोगी हुने हालै गरिएको एक सर्वेक्षणले देखाएको छ । बेलायतको नटिङ्घम ट्रेन्ट विश्वविद्यालय र भारतको थिगाराज स्कुल अफ म्यानेजमेन्टका अनुसन्धानकर्ताले गरेको अध्ययनबाट बढी सेल्फी लिनेहरु मानसिक रोगको सिकार हुने देखिएको छ ।

तीन वर्षको अध्ययनपछि उनीहरूले अमेरिकी मनोरोग एसोसिएसनको निष्कर्षलाई पुष्टि गरेका छन् । एसोसिएसनले सेल्फीलाई मानसिक विकारका रूपमा वर्गीकृत गरेपछि उनीहरू अनुसन्धानमा जुटेका थिए । अनुसन्धानकर्ताहरूले ‘सेल्फी बिहेवियर स्केल’ पनि विकसित गरेका छन्, जसले यो विकार कसरी बन्छ भन्ने पत्ता लगाउँछ ।

अनुसन्धानकर्ताहरूले २०० जनाको फोकस ग्रुप र ४०० मानिसमा सर्वेक्षण गरेर यो स्केल विकसित गरेको बताएका छन् । भारतमा फेसबुक प्रयोगकर्ता सबैभन्दा धेरै भएकाले स्याम्पल सबै भारतीयबाट लिइएको थियो । विश्वभरमा भारतमै सेल्फी लिने चक्करमा धेरै मृत्यु हुने गरेको छ ।

सेल्फी कुन बेलामा विकार बन्छ भन्ने मानिसले थाहै नपाउने अनुसन्धानकर्ताहरू बताउँछन् । सुरुमा मुड ठिक पार्न, याद ताजा राख्न र कहिलेकाहीँ यत्तिकै पनि मानिसहरूले सेल्फी लिने तर कालान्तरमा यो नशा बन्दै जाने अध्ययनको निष्कर्ष छ ।

प्रकाशित समय १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु