गृहपृष्ठ धेरै तनाव लिनुहुन्छ ? स्मरण शक्ति गुम्ला

धेरै तनाव लिनुहुन्छ ? स्मरण शक्ति गुम्ला

मानव जीवनमा आरोह र अबरोहहरु आइरहेका हुन्छन् । त्यस्ता घटनाले मानिसलाई तनाव दिने गर्दछ । त्यसैले मानिसहरु तनावको जिन्दगी जीउन बाध्य हुन्छन् । तर धेरै तनावमा रहने मान्छेले सजग हुनुपर्ने अध्यायनले देखाएको छ ।

धेरै तनाव लिने मानिसको ५० वर्ष नपुग्दै स्मरण शक्तिमा ह्रास आउनुका साथै मष्तिष्क संकचुन पनि गराइदिने एक अध्ययनले बताएको छ । अध्ययनमा युवा उमेरमै स्मरण शक्ति घट्नुका साथै मष्तिष्क संकुचन भएको पाइएको छ ।

किन घट्छ स्मरणशक्ति ?

उच्च मात्रामा रहेको कोर्टिसल नामक स्टे«स हार्मोनले मष्तिष्कको कार्य, आकारको अनुमान गर्ने गर्दछ । कोर्टिसल हाम्रो शरीरको मुख्य स्ट्रेस हार्मोन हो जब हामी एकदम तनावमा हुन्छौं एड्रिनल ग्ल्यान्डले अझ धेरै कार्टिसल उत्पादन गर्छ । त्यो हार्मोनले शरीरका विभिन्न क्रियाकलापहरु बन्द गराई जीवन जिउन अप्ठ्यारो पार्छ ।

तनावको असर

कोर्टिसलको मात्रा बढ्यो भने यसले शरीरले काम गर्न छोड्नुका साथै चिन्ता बढ्ने, मुटु रोग, टाउको दुख्ने, तौल बढ्ने, निद्रामा गडबडी हुनुका साथै स्मरण शक्ति र एकाग्रतामा पनि कमी ल्याउँछ ।

विज्ञहरुका अनुसार मष्तिष्कको विशेष तह कमजोर हुने हुनाले सबै पोषक तत्वहरुले यसलाई अनुकुल गर्न आवश्यक छ ।

उच्च मात्रामा कोर्टिसल भएका मानिसहरुमा थोरै सेरेब्रम्स रहेको पाइयो जुन मष्तिष्कमा सबै भन्दा धेरै मात्रामा पाइन्छ । यसले मानिसको भावना, बोेली र मांसपेशीको कार्यका सहयोग पुर्याउँछ ।

युवा उमेरमै तपाईको मस्तिष्कको आकारमा परिवर्तन आउन थाल्छ भने तपाई सोच्नुस् तपाईंलाई बुढेसकामलमा के होला । अध्ययनको रोचक पाटो के छ भने उच्च मात्रामा हुने कोर्टिसलले महिलाहरुलाई प्रभाव पारेका देखायो पुरुषमा होइन ।

जो मानिस नियमित व्यायाम गर्छ, उसलाई डिमेन्सिया हुने सम्भावना एकदम कम हुन्छ । त्यसैले केही समय आफ्नो लागि छुट्याउनुस् । मेडिटेशन गर्नुस् । तनाव हटाउन धेरै उपाय छन् जसले तपाईको जीवन सहज बनाउँछ ।

एजेन्सी

प्रकाशित समय १९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु