गृहपृष्ठ नेपाल इन्स्योरेन्सको तुल्सीपुरमा ४१औं शाखा
नेपाल इन्स्योरेन्सको तुल्सीपुरमा ४१औं शाखा
नेपाल इन्स्योरेन्स कम्पनीले दाङको तुल्सीपुरमा नयाँ शाखा खोलेको छ । कम्पनीले शुक्रवार एक कार्यक्रमकाबीच आफ्नो ४१औं शाखाको शुभारम्भ गरेको हो ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, कम्पनीका अक्ष्यक्ष अर्जुन शर्मा पौडेल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहले शाखा कार्यालयको संयुक्त रूपमा कार्यालयको उद्घाटन गरे । व्यावसायिक सम्भावना र आवश्यकता हेर्दै तुल्सीपुरमा शाखा खोलिएको कम्पनीले जनाएको छ ।
बीमा समिति अध्यक्ष चापागाईले बीमा सेवालाई ग्रामीण क्षेत्रसम्म पुर्याउनुपर्नेमा जोड दिए । कम्पनीका सीईओ शाहले यस शाखाबाट गुणस्तरीय बीमा सेवा प्रदान गर्ने बताए ।
सोही समाहरोहमा तुल्सीपुर उप–महानगरपालिका र बीमा समितिबीच बीमाबारे अन्तरक्रिया पनि भएको थियो ।
प्रकाशित समय १०:०९ बजे

















