गृहपृष्ठ हेलिकप्टर दुर्घटना छानबिन समितिले काम थाल्न मौसम चुनौती
हेलिकप्टर दुर्घटना छानबिन समितिले काम थाल्न मौसम चुनौती
गत बुधबार पाथीभरामा भएको हेलिकोप्टर दुर्घटना अध्ययनका लागि बनाइएको छानबिन समितिले अहिलेसम्म काम सुरु गर्न सकेको छैन । अहिलेसम्म मौसम प्रतिकुल नभएको भन्दै समितिका सदस्यहरु अहिलेसम्म घटनास्थलमा पुग्न नसकेका हुन् ।
दुर्घटनाको छानबिन अध्ययन छिट्टै सकेर कारण पत्ता लगाउनु मूल उद्देश्य रहेको जाँच आयोगले काम थाल्न नसक्दा परिणमा निकाल्न ढिलाई हुने देखिन्छ ।
हेलिकोप्टरमा जडान गरिएको भेहिकल एण्ड मल्टीफङ्सन डिस्प्ले (भिइएमडी) मार्फत दुर्घटनाको कारण पत्ता लाग्न सक्छ । तर, खराब मौसमकै कारण छानबिन समितिको टोली तर घटनास्थलमा जान नसकेको छानबिन समितिले जनाएको छ ।
भिइएमडीमा जडान गरिएको चिप कार्ड नष्ट नभएको अवस्थामा फेला परेमा अवस्थामा दुर्घटना भएको बेलाको हेलिकोप्टरको इन्जिन र त्यसको अवस्था सहजै अध्ययन गर्न सकिने विज्ञहरुले बताएका छन् ।
जाँच आयोग पूर्व सचिव यज्ञप्रसाद संयोजकत्वमा ४ सदस्यीय छ । आयोगमा नेपाली सेनाका सहायक रथी दिपक प्रसाद बास्तोला र पूर्व क्याप्टेन प्रमोद लामा सदस्य रहेका छन् भने सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
हाल छानबिन समिति अनुकुल मौसमको प्रतिक्षामा रहेको छानबिन समितिका सदस्य एवं पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिव लामिछानेले जानकारी दिए । उनले भने, ‘दुर्घटना अनुसन्धानको स्थलगत अध्ययनसँगै हेलिकप्टरमा जडान गरिएको आवश्यक उपकरण खोजेर ल्याउनु पर्नेछ । त्यसको लागि मौसम अनुकुल हुने वित्तिकै हामी घटनास्थल सिस्नेभीरमा अध्यननको लागि जानेछौं ।’
एयर डाइनेस्टीको नाइन एन एएमआइ एएस ३५० बि थ्रीइ कलसाइनको हेलिकोप्टर गएको बुधबार तेह्रथुमको चुहानडाँडामा दुर्घटनामा परेको हो । फुङ्लिङ नगरपालिकामा पर्ने तारेढुंगा सिस्नेभीर क्षेत्रमा दुर्घटनामा हुदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभयाले ज्यान गूमाएका छन् ।
मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरीङ शेर्पा, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसीको पनि निधन भएको थियो ।
प्रकाशित समय १९:१९ बजे

















