गृहपृष्ठ मनमोहन स्मृति प्रतिष्ठानमा स्वर्गीय भरतमोहनको योगदानबारे सम्झना

मनमोहन स्मृति प्रतिष्ठानमा स्वर्गीय भरतमोहनको योगदानबारे सम्झना

मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका दिवंगत कम्युनिस्ट नेता भरतमोहन अधिकारीलाई मोरङको बुढीगंगा गाउँपालिकास्थित मनमोहन स्मृति पोलिटेक्नि इन्स्टीच्यूटमा अध्यनरत शिक्षक तथा विद्यार्थीहरुले पनि सम्झना गरेका छन् ।

बुढीगंगा गाउँपालिकास्थित मनमोहन स्मृति पोलिटेक्नि इन्स्टीच्यूटमा स्वर्गीय अधिकारीको सम्मानमा श्रद्धाञ्जली अर्पण गरिएको हो । श्रद्धाञ्जली कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालको पहिलो कम्युनिस्ट सरकारको अर्थमन्त्री हुँदा अधिकारीले ल्याएको जनमुखी कार्यक्रमको चर्चा गरे ।

उनले देशका लागि दिवंगत नेता अधिकारीले ल्याएका कार्यक्रम महत्वपूर्ण र दूरगामी रहेको बताए । मन्त्री पण्डितले अधिकारीले ल्याएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, आफ्नो गाउँ आफैं बनाउ जस्ता ९ ‘स’ कार्यक्रम अहिले पनि उत्तिकै लोकप्रिय रहेको बताए ।

उनले सीमान्तकृत तथा आदिवासि जनजातीको बसोबास रहेको क्षेत्रमा प्राविधिक शिक्षालयमार्फत बेरोजगारी समस्या न्यूनिकरण गर्ने अधिकारीको सोच र पहलकदमीका कारण मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटको स्थापना भएको बताए ।

प्रकाशित समय १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु