गृहपृष्ठ कर्णाली प्रदेशमा पहिलो पटक नाटक महोत्सव

कर्णाली प्रदेशमा पहिलो पटक नाटक महोत्सव

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । यही फाल्गुन २३ देखि २९ गते सम्म सञ्चालन हुने नाटक महोत्सवमा देशभरका कलाकारबाट १२ वटा नाटक प्रस्तुत गरिने आरङ्ग नेपालका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए ।

उनले भने, ‘उद्घाटनमा प्रदर्शन गरिने नाटक मुसल पर्व आरङ्ग नेपालबाट प्रस्तुत गरिनेछ भने अन्य १२ वटा नाटक ६ वटा प्रदेशबाट दुईवटाका दरले प्रदर्शन गरिनेछ ।’

सांस्कृतिक संस्थान काठमान्डौं र आरङ्ग नेपाल सुर्खेतको संयुक्त आयोजनामा हुने महोत्सवमा विद्यार्थी तथा सिमान्तकृत वर्गका लागि एक सय र अन्यका लागि दुई सय तथा तिन सय रुपैयाँको टिकट लाग्ने बताईएको छ ।

प्रकाशित समय १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु