गृहपृष्ठ सरकार र सिके राउतबीच ११ बुँदे सहमति, राउत मूलधारको राजनीतिमा
सरकार र सिके राउतबीच ११ बुँदे सहमति, राउत मूलधारको राजनीतिमा
सरकार र सिके राउतबीच ११ बुँदे सहमति भएकाे छ। सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री थापा र राउतले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रमा देशको संविधान र भौगोलिक अखण्डता स्वीकार गर्ने, गठबन्धनका नेता कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता गर्ने र जेलमा रहेकालाई तत्काल रिहा गर्ने, प्रहरी हिरासतमा मृत्यु भएका कार्यकर्ताका परिवारलाई उचित क्षतिपुर्तिका साथमा एक जनालाई रोजगारी दिने लगायतका विषय रहेका छन्।
राउतले पृथकतावादी अभियान परित्याग गरेका छन् । मधेसलाई अलग राज्य बनाउने भन्दै हिडेका थिए । प्रधानमन्त्री ओली र सिके राउतले राष्ट्रिय सभागृहबाट सम्बोधन गर्दैछन् ।
राउत पटक–पटक पक्राउ पर्दै छुट्दै गरेका थिए । अदालतले बिहीबारमात्र उनलाई छाड्न आदेश दिएको थियो ।
प्रकाशित समय १३:५८ बजे

















