गृहपृष्ठ न्यूजिल्याण्ड गोलीकाण्डको प्रधानमन्त्रीद्वारा निन्दा
न्यूजिल्याण्ड गोलीकाण्डको प्रधानमन्त्रीद्वारा निन्दा
प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा निन्दा गरेका छन् । शनिबार न्यूजिल्याण्डका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनलाई समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी आतङ्कवादी आक्रमणको निन्दा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले निर्दोष मानिसको हत्या मानवताको अपमान भएको उल्लेख गरेका छन् । आतङ्कवादका जस्तोसुकै रुप र प्रकटीकरणको साहसपूर्वक सामना गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।
प्रकाशित समय १२:२१ बजे

















