गृहपृष्ठ एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा

nicasia-siraha-newskarobar

एनआईसी एशिया बैंकले सिरहाको भगवानपुरमा नयाँ शाखा स्थापना गरेको छ । भगवानपुर गाउँपालिका वडा नम्बर १ मा स्थापित नयाँ शाखाको शुक्रबार गाउँपालिका अध्यक्ष बेचनप्रसाद यादवले उद्घाटन गरे । शाखा उद्घाटन गर्दै अध्यक्ष यादवल दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै एनआईसी एशियाको प्रशंसा गरे ।

देशभर एनआईसी एशियाका २८१ शाखा कार्यालय, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङ इकाइ छन् । बैंकका ग्राहक संख्या करिब १४ लाख ५०हजार पुगेको छ ।

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु