गृहपृष्ठ देशभरको मौसममा बदली, मेघगर्जन र हावाहुरीसहित पानी
देशभरको मौसममा बदली, मेघगर्जन र हावाहुरीसहित पानी
काठमाडौंसहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुसँग स्थानीय वायु मिसिएकोले सोमबार रातिदेखि नै धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले मध्य क्षेत्रमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । मंगलबार देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ । चट्याङ पनि पर्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
प्रकाशित समय ०८:३० बजे

















