गृहपृष्ठ प्रधानमन्त्री ओलीको भागमा २० कित्ता सेयर
प्रधानमन्त्री ओलीको भागमा २० कित्ता सेयर
माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत प्रधानमन्त्री ओलीलाई २० कित्ता सेयर परेको हो । प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शयेर परेको छ । प्रधानमन्त्री ओलीले उक्त आयोजनाको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका थिए ।
त्यस्तै ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई समेत २० कित्ता सेयर परेको छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार ५० हजार २६७ जनालाई जनही ३० कित्ता र एक लाख ५४ हजार ५५९ लाई भने २० कित्ता सेयर परेको छ ।
कूल ६७ आवेदन भने रद्द भएको छ । त्रिशूली जलविद्युत् कम्पनीले ३७ लाख पाँच हजार कित्ता सेयर यही चैत ७ देखि ११ गतेसम्म बिक्री गरेको थियो ।
प्रकाशित समय १५:०७ बजे

















