गृहपृष्ठ पौडी खेल्ने क्रममा एक जना बेपत्ता
पौडी खेल्ने क्रममा एक जना बेपत्ता
चितवनबाट पाल्पा घुम्न आएका एक जना खोलामा डुबेर बेपत्ता भएका छन् । तिनाउ गाउँपालिका ३ हेडबक्स नजिकै रहेको तिनाउ खोलामा पौडी खेल्न पुगेका चितवन खैरेनी नगरपालिका २ का ४० वर्षका पालुराम दाहाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला भ्रमणमा आएका दाहाल पौडी खेल्न खोलामा पसेका थिए । खोलामा पसेका उनी लामो समय हुँदा समेत बाहिर नआएपछि स्थानीयले प्रहरी चौकी दोभानमा खबर गरेका थिए ।
खबर लगत्तै प्रहरी घटनास्थलमा पुगेको छ । बेपत्ता दाहालको अहिले खोजिकार्य भईरहेको छ ।
प्रकाशित समय १५:२० बजे

















