गृहपृष्ठ वन कार्यालय सिमराका अधिकृत ९० हजार घुससहित पक्राउ
वन कार्यालय सिमराका अधिकृत ९० हजार घुससहित पक्राउ
डिभिजन वन कार्यालय सिमराका जिल्ला वन अधिकृत शिवशंकर ठाकुर ९० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार अधिृकत ठाकुरलाई रंगेहात पक्राउ गरेको हो ।
उनीसँगै वन कार्यालयका सहायक अधिकृत रामजीवन केसरी पनि २५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।
त्यस्तै कार्यालय सहयोगी रामचन्द्र अधिकारी पनि पक्राउ परेका छन् । उनीहरुको विषमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १५:४१ बजे

















