गृहपृष्ठ मलेसियाको ‘कलिङ भिसा’ लागेकाहरूले भोलिदेखि श्रम स्वीकृति पाउने

मलेसियाको ‘कलिङ भिसा’ लागेकाहरूले भोलिदेखि श्रम स्वीकृति पाउने

मलेसियाको ‘कलिङ भिसा’ पाइसकेकाहरूले सोमबारदेखि श्रम स्वीकृति पाउने भएका छन् । वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेख्दै सोमबारदेखि श्रम स्वीकृति दिन पत्राचार गरेको हो । सरकारको तथ्यांकअनुसार ‘मलेसिया रोक्नुअघि’ ७ हजार नेपालीले कलिङ भिसा लिएका छन् । तर, सरकारले श्रम स्वीकृति रोकिराखेकाले जान पाएका छैनन् ।

वैदेशिक रोजगार विभागले मलेसियाली दूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ । सोमबारदेखि कलिङका लागि खुले पनि नयाँका लागि भने अझै एक महिना लाग्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए । उनले भने, ‘विभागसँग भएको छलफलमा कलिङ भिसा लिएकाहरूलाई सोमबारदेखि श्रम स्वीकृति दिने सहमति भएको छ । नयाँका लागि एक महिना लाग्नेछ ।’

प्रकाशित समय १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु