गृहपृष्ठ प्रश्नपत्र बाहिरिनुमा सरकार नै मुख्य दोषी : नेपाली कांग्रेस
प्रश्नपत्र बाहिरिनुमा सरकार नै मुख्य दोषी : नेपाली कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नं. २ मा एसईई प्रश्नपत्र बाहिरिनु सरकारको गैरजिम्मेवारी भएको ठहर गरेको छ । कांग्रेस संसदीय दलको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा एसईईको प्रश्नपत्र परीक्षा समय अगावै बाहिरिएर समय तालिकाभित्र परीक्षा सम्पन्न हुन नसक्नु सरकारको नालायकीपन भएको उल्लेख गरिएको छ ।
कमजोरी स्वीकार्नुको साटो ढाकछोप गर्न सरकार उद्यत देखिएको कांग्रेसको आरोप छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
प्रकाशित समय १७:४९ बजे

















