गृहपृष्ठ हावाहुरीमा घाइते भएका ६ जनालाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

हावाहुरीमा घाइते भएका ६ जनालाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

बारा–पर्सा हावाहुरीमा घाइते भएका ६ जनालाई नेपाली सेनाको स्काई ट्रकले काठमाडौं ल्याएको छ ।

भिषण हावाहुरीमा परेर २७ जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन् । घायते ल्याउन सेनाका दुई एम आई १६ हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । घाइतेलाई उपचारका लागि वीर र त्रिवि शिक्षण अस्पतालमा लगिदै छ ।

प्रधानमन्त्री ओलीलाई लिन सेनाको हेलिकप्टर झापा जाने तयारीमा छ । ओलीले हावाहुरीबाट क्षति भएको क्षेत्रको स्थलगत निरीक्षण गर्ने बताइएको छ ।

प्रकाशित समय ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु