गृहपृष्ठ राष्ट्रिय शोक घोषणा गर्न प्रदेश सरकारको आग्रह
राष्ट्रिय शोक घोषणा गर्न प्रदेश सरकारको आग्रह
प्रधानमन्त्री केपी ओलीले प्रेदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग बारा र पर्सामा हावाहुरीका कारण भएको जनधानको क्षतिको बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले टेलिफोन गरेर जनधानको क्षतिको बारेमा जानकारी लिएका हुन् ।
सो अवसरमा मुख्यमन्त्री राउतले बारा र पर्सामा हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेका थिए । धेरै क्षति भएकाले राष्ट्र नै शोकमा पुगेकाले संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको प्रदेश सरकाको भनाइ छ ।
यसअघि बिहन बसेको प्रदेश सरकारको बैठकले मृतकका परिवारलाई ३ लाखका दरले क्षतिपूर्ति दिने र घाइतको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो ।
प्रकाशित समय ११:१७ बजे

















