गृहपृष्ठ बारा–पर्सा हावाहुरी : मुख्यमन्त्री राहत कोषमा सहयोग गर्न सकिने
बारा–पर्सा हावाहुरी : मुख्यमन्त्री राहत कोषमा सहयोग गर्न सकिने
प्रदेश २ को सरकारले हावाहुरी प्रभावितका लागि सहयोग गर्न आग्रह गरेको छ । प्रदेश सरकारको सोमबार बिहान बसेको बैठकले सहयोग गर्न सबैलाई आग्रह गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले सो विपत्तिमा राहत र उद्दारको लागि सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।
उनले मुख्यमन्त्री राहतकोषमा सहयोग गर्न चाहनेहरुको लागि छुट्टै बैंक खाताको व्यवस्था गरिएको बताएका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकको १२२०५०३०००००० नं को खातामा सहयोग गर्न आग्रह गरेका हुन् ।
बारा र पर्सामा आईतबार राती भएको भीषण हावाहुरीमा ठूलो धनजनको क्षति भएपछि सो को उद्दारको लागि विभिन्न कामहरु भईरहेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित समय १३:३३ बजे

















