गृहपृष्ठ निरन्तर उकालो लाग्दै नेप्से, कारोबार रकममा पनि वृद्धि
निरन्तर उकालो लाग्दै नेप्से, कारोबार रकममा पनि वृद्धि
१०७ कम्पनीको कारोबार हुँदा ७२ कम्पनीका लगानीकर्ताले कमाए
सेयर बजार परिसूचक बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । साताको पहिलो दिन आइतबार सामान्य घटेर सोमबारदेखि बढ्न थालेको नेप्से तीन दिनमा २२ अंकभन्दा धेरै बढेको हो ।
बुधबार नेप्सेमा सूचीकृत १० उपसमूहमध्ये बैंक र विकास बैंकबाहेकका सबै समूह ओरालो लागे पनि समग्र बजार परिसूचक २.०१ अंकले बढेर ११६५.८४ अंकमा पुगेको छ । बैंक समूह ४.५३ र विकास बैंक समूह ६.११ अंकले बढेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि उकालो लागेको छ । बुधबार १७० कम्पनीको २० लाख २९ हजार १५ कित्ता सेयर ५४ लाख ५८ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ । यो रकम मंगलबारको तुलनामा करिब साढे ४ करोड धेरै हो । मंगलबार ५० करोडबराबरको सेयर कारोबार भएको थियो ।
बुधबार नेपाल इन्स्योरेन्स कम्पनी, कनकाई विकास बैंक, लक्ष्मी इक्विटी फन्ड, स्वदेशी लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् । १०७ कम्पनीको कारोबार भएको बजारमा ७२ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
प्रकाशित समय १५:२९ बजे

















