गृहपृष्ठ भक्तपुरमा बर्ड फ्लू, २ हजार कुखुरा नष्ट

भक्तपुरमा बर्ड फ्लू, २ हजार कुखुरा नष्ट

भक्तपुरमा बर्ड फ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा बर्ड फ्लू भेटिएको हो । सो फार्ममा रहेको २ हजार ९ सय ८५ कुखुरा नष्ट गरिएको छ ।

कुखरामा एच.वान.एन.वान बर्ड फ्लू भेटिएपछि नष्ट गरिएको पशु सेवा विज्ञ केन्द्रका पशुरोग विज्ञ डा. चन्द्र ढकालले जानकारी दिए । सो फार्म वरिपरि चुना र ‘भिर्काेन स्प्रे’ छर्किइएको छ ।

प्रकाशित समय १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु