गृहपृष्ठ हावाहुरी, वर्षा र चट्याङको सम्भावना, सतर्क रहन अपिल

हावाहुरी, वर्षा र चट्याङको सम्भावना, सतर्क रहन अपिल

mausam-newskarobar

आगामी तीन दिनसम्म काठमाडौं उपत्यकासहित मुलुकभरको मौसम बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रि–मनसुनलाई सक्रिय बनाउने प्रणाली भित्रिएकाले तीन दिनसम्म काठमाडौं उपत्यकासहित मुलुकभरको मौसम बदली हुने जनाएको छ ।

आज दिउँसो हावाहुरीसहित वर्षा र चट्याङ हावाहुरीसहित वर्षा र चट्याङसमेत पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी तराईमा मंगलबारदेखि नै मौसम बदली भएको छ ।

मध्य तथा पूर्वी तराईका विभिन्न ठाउँमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । तीन दिनसम्म मौसममा बदली हुने भएकाले सर्तक हुन विभागले सबैलाई अपिल गरेको छ ।

प्रकाशित समय १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु